नियम २९
समिति सम्बन्धी व्यवस्था

(१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो सञ्चालन गर्दा यस नियमावली बमोजिमको व्यवस्था र मन्त्रालयले दिएको निर्देशनको पालना गरे नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्ने काम समेतको लागि मन्त्रालयले एक अनुगमन तथा निरीक्षण समितिको गठन गर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन तथा निरीक्षण सम्बन्धी काममा समितिलाई आवश्यक सहयोग गर्नु इजाजतपत्र प्राप्त कम्पनीको कर्तव्य हुनेछ ।
(३) समितिले क्यासिनोको अनुगमन वा निरीक्षण गरेको सात दिनभित्र अनुसूची–६ बमोजिमको ढा“चामा मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ ।